केपी ओली कपको फाइनल खेल आज, मछिन्द्र र एनआरटीबीच उपाधि प्रतिस्पर्धा

केपी ओली कपको फाइनल खेल आज, मछिन्द्र र एनआरटीबीच उपाधि प्रतिस्पर्धा

केन्द्रबिन्दु
14
Shares

काठमाडौं। नेकपा एमालेको भ्रातृ संस्था युवा संघ नेपालको आयोजनामा काठमाडौंमा जारी केपी ओली कप फुटबलको उपाधि भिडन्त आज हुँदैछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज साँझ ५ बजेदेखि सुरु हुने फाइनल खेलमा डिफेन्डिङ च्याम्पियन मच्छिन्द्र र न्यूरोड टिम एनआरटी आमने सामने हुनेछन्।

सेमिफाइनलमा मच्छिन्द्रले भारतको भानेभञ्ज्याङ एफसीलाई ५–० गोलको एकतर्फी जित निकाल्दै फाइनलमा स्थान बनाउँदा एनआरटीले जावलाखेल युथ क्लबलाई ३–० को सहज जित निकाल्दै फाइनलमा प्रवेश गरेको हो।

प्रतियोगिताको उपाधि विजेताले ११ लाख तथा उप विजेताले ५ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने छन्। यसैगरी विधागततर्फ उत्कृष्ट खेलाडीहरुलाई पनि नगद पुरस्कारको व्यवस्था गरिएको छ। फाइनल अघि दिउँसो २ बजेदेखि दशरथ रंगशालामा सांगीतिक प्रस्तुती पनि हुनेछ।

Logo