नेदरल्यान्ड्सविरुद्ध प्रतिश जिसीले लिए सातौं विकेट

नेदरल्यान्ड्सविरुद्ध प्रतिश जिसीले लिए सातौं विकेट

केन्द्रबिन्दु
9
Shares

काठमाडौँ। त्रिकोणात्मक टी–२० सिरिजअन्तर्गत कीर्तिपुरस्थित क्रिकेट मैदानमा जारी खेलमा घरेलु टोली नेपालले नेदरल्यान्ड्सविरुद्ध सातौं विकेट लिएको छ । टस जितेर ब्यािटङमा उत्रिएको नेदरल्यान्ड्सिवरुद्ध नेपालका तीव्र गतिका बलर प्रतिश जिसीले सातौं विकेट दिलाएका हुन् । उनले १५औं ओभरको तेस्रो बलमा निदामनुरुलाई ५ रनमा आउट गराए । उनको यो व्यक्तिगत तेस्रो विकेट हो ।

यसअघि एकै ओभरमा २ विकेट लिएका थिए । आठौं ओभरको पहिलो बलमा जिसीले कप्तान स्कट एडवार्डलाई बोल्ड गरे भने पाँचौ बलमा म्याक्स ओडाउडलाई आउट गरेका हुन् । एडवर्डस् १८ रन बनाएर बोल्ड भए।

Logo