बराबरीमा रोकियो बार्सा, जिरोना पराजित

बराबरीमा रोकियो बार्सा, जिरोना पराजित

केन्द्रबिन्दु
45
Shares

काठमाडौँ। एथ्लेटिक बिल्बाओसँग बराबरीमा रोकिएपछि बार्सिलोनाले रियल मड्रिड र जिरोनाले अङ्क गुमाएको फाइदा उठाउन असफल भएको छ । आइतबार भएको ला लिगा अन्तरगतको खेलमा बार्सिलोना गोलरहित बराबरी खेल्न बाध्य बनेको हो।

जोआ क्यानसेलो बार्साका लागि गोल नजिक पुगे पनि उनले ४० यार्ड टाढाबाट गरेको प्रहार यरे अल्भारेजले गोल लाइनबाट बचाएका थिए । उता दोस्रो स्थानमा रहेको जिरोना मायोर्कासँग पराजित हुँदा बार्सालाई एक स्थानमा माथि उक्लने अवसर थियो।

तर, बराबरीमा रोकिएपछि टोली २७ खेलबाट ५८ अङ्कसहित लिगको तेस्रो स्थानमा सीमित छ । बार्सा शीर्ष स्थानमा रहेको रियलभन्दा ८ अङ्कले पछि छ । दोस्रो स्थानमा रहेको जिरोनाको ५९ अङ्क छ । शीर्ष स्थानमा रहेको रियलको ६६ अङ्क छ।

Skip This
Skip This
Logo