साफ यू-१६ महिला फुटबलः नेपाल र भारतबीच खेल हुँदै

साफ यू-१६ महिला फुटबलः नेपाल र भारतबीच खेल हुँदै

केन्द्रबिन्दु
1.1k
Shares

काठमाडौं। राजधानीमा जारी साफ यू-१६ महिला फुटबल प्रतियोगितामा नेपालले आज आफ्नो दोस्रो खेल खेल्दैछ।

एन्फा मैदान सातदोवाटोमा दिउँसो ३ बजे हुने खेलमा नेपालले भुटानसँग प्रतिस्पर्धा गर्नेछ। नेपाल र भुटान दुवै टिम पहिले जितको खोजिमा छन् ।

नेपालले आफ्नो पहिलो खेलमा बंगलादेशसँग २–० को हार व्यहोरको थियो भने भुटान भारतसँग ७–० ले स्तब्ध भएको थियो। प्रतियोगितामा नेपाल, भारत, भुटान र बंगलादेश गरी ४ टिमको सहभागिता रहेको छ।

प्रतियोगिता अन्तर्गत समूह चरणमा एकले अर्कासँग खेलेपछि शीर्ष २ टिमले उपाधि भिडन्त गर्नेछन्। नेपालले समूह चरणको अन्तिम खेलमा बिहीबार भारतसँग खेल्ने छ। यस्तै, मंगलबार भारत र बंगलादेश आमने सामने हुँदा, शुक्रबार भने बंगलादेश र भुटानले प्रतिस्पर्धा गर्नेछन्।

Logo