डब्ल्यूपीएलमा दिल्ली क्यापिटल्स विजयी

डब्ल्यूपीएलमा दिल्ली क्यापिटल्स विजयी

केन्द्रबिन्दु
84
Shares

काठमाडौं। वुमन्स प्रिमियर लिगमा दिल्ली क्यापिटल्स विजयी भएको छ। आइतबार राति भएको खेलमा दिल्लीले गजरात जायन्ट्सलाई २५ रनले पराजित गरेको हो।

टस जितेर ब्याटिङ गरेको दिल्लीले निर्धारित ओभरमा ८ विकेट गुमाएर १६३ रन बनाएको थियो। जवाफमा गुजरातले ८ विकेट गुमाएर १३८ रन बनाउन सक्यो। दिल्लीका लागि कप्तान मेग लानिङले सर्वाीधक ५५ रनको पारी खेलिन्।

उनले एक छक्का र छ चौका प्रहार गर्दा ४८ बल फेस गरिन्। यस्तै, अनाबेल सदरल्याण्डले १२ बलमा २० रनबनाउँदा एलिस केप्सीले १७ बलमा २७ रन जोडेकी थिइन्। सफाली बर्माले १३ तथा जेस जोनसेले ११ रन बनाउँदा शिखा पाण्डेले नटआउट १४ रन बनाएकी थिइन्।

गुजरातका लागि मेघना सिंहले ४ ओभरमा ३७ रन खर्चिएर ४ विकेट लिइन्। यसैगरी एस्ले गार्डनले २ विकेट हात पारेकी थिइन्। जवाफमा गुजरातको प्रदर्शन निकै फिक्का रह्यो।

एस्ले गार्डनरले पाँचौं नम्बरमा आएर ४० रन बनाउँदा अन्य खेलाडीको प्रदर्शन सन्तोषजनक रहेन। फोवी लिचफिल्डले १५, तनुजा कुँवरले १३, बेदा कृष्णमुर्तीले १२ रन बनाउँदा बेथ मोनीले पनि १२ रन नै जोडिन्।

मेघना सिंहले १० रनको नटआउट पारि खेलिन्। दिल्लीकी जेस जेनसन र राधा यादवले तीन तीन विकेट हात पारे। गुजरातविरुद्ध एकतर्फी जित दर्ता गरेपछि दिल्लीले अंक तालिकामा ठूलो परिवर्तन गरेको छ।

मुम्बईलाई पछि पार्दै दिल्ली पहिलो स्थानमा पुगेको छ। टोलीको नेट रन रेटमा पनि सुधार आएको छ। तर, दुवै टोलीको ६-६ अंक छ। यो खेलमा पराजयसँगै गुजरात पाँचौं स्थानमा यथावत छ। तेस्रो नम्बरमा युपी वारियर्स छ जसको खातामा चार अंक छ। योसँगै रोयल च्यालेन्जर्स बैंग्लोर ४ अंकसहित चौथो स्थानमा छ।

Logo