काठमाडौं,
आईसीसी एकदिवशीय विश्वकप क्रिकेट अन्र्तगत आजदेखि सेमिफाइनल खेल हुँदैछन् । जस अनुसार भारत र न्यूजिल्याण्डले पहिलो सेमिफाइनलमा आज प्रतिस्पर्धा गर्दैछन् ।
यो खेल नेपाली समय अनुसार दिउँसो सवा ३ बजेदेखि सुरु हुनेछ । यसअघि भारतले लिग चरणमा आफूले खेलेका ८ मध्ये ७ खेलमा जित निकालेर अंक तालिकाको शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा पुगेको हो ।
सेमिफाइनलको अर्को खेल आगामी विहिबार आयोजक इंग्ल्याण्ड र अष्ट्रेलियावीच हुनेछ । फाइनल खेल भने आगामी आइतबार हुनेछ ।





























प्रतिक्रिया