कुशल र प्रतिसले लिए पीएनजीको तेस्रो र चौथो विकेट

कुशल र प्रतिसले लिए पीएनजीको तेस्रो र चौथो विकेट

केन्द्रबिन्दु
33
Shares

काठमाडौँ। हङकङमा जारी त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा मंगलबार नेपालले दिएको एक सय ९९ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको पपुवा न्यु गिनी (पीएनजी)ले आफ्नो तेस्रो र चौथो विकेट गुमाएको छ।

पीएनजीको तेस्रो विकेट कुशल भर्तेलले लिएका हुन्। कुशल भुर्तेलले पीएनजीका तेस्रो नम्बरका ब्याट्सम्यान असाद भालालाई नौ रनको ब्यक्तिगत स्कोरमा लोकेश बमद्वारा क्याच गराएका हुन्।

कप्तानसमेत रहेका असाद भालाले पेभेलियन फर्किनुअघि ११ बलमा एक चौका पनि हिर्काएका थिए । ७.५ ओभरमा उनी आउट हुँदा पीएनजीले ६७ रन बनाएको थियो।

यसैगरी पीएनजीको चोथो विकेट प्रतिस जिसीले लिए। उनले पीएनजीका चौथो नम्बरका ब्याट्सम्यान हिरी हिरीलाई गुलसन झाद्वारा क्याच गराए।

Skip This
Skip This
Logo