काठमाडौं,
कोपा अमेरिका फुटबलको उपाधिका लागि ब्राजिल र पेरुबीच प्रतिस्पर्धा हुने भएको छ । ब्राजिलले बुधबार अर्जेन्टिनालाई २–० गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो ।
त्यस्तै आज भएको अन्तिम सेमिफाइनल खेलमा चिलीलाई ३–० ले हराउँदै पेरु फाइनल प्रवेश गरेपछि यी दुई टोली वीच प्रतिश्पर्धा हुने निश्चित भएको हो ।
चिलीलाई पराजित गर्ने क्रममा पेरुले २ गोल पहिलो हाफमा गरेको थियो । १ गोल भने दोस्रो हाफमा गर्यो ।





























प्रतिक्रिया