काठमाडौं । यू-१९ एसिया कप छनोटको पहिलो खेलमा नेपालले चीनलाई १० विकेटले पराजित गरेको छ । ५४ रनको लक्ष्य पाएको नेपालले पाँच ओभरमा नै पूरा गरेको हो ।
मलेसियामा भएको खेलमा टस जितेर फिल्डिङ गरेको नेपालले चीनलाई २३.१ ओभरमा ५३ रन दिँदै अल आउट गरेको थियो । चीन हराउँदै एसिसी यु-१९ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगितामा नेपालले सानदार सुरुवात गरेको हो ।
नेपालको जितमा पवन सर्राफले नटआउट ४६ रन र रित गौतमले नटआउट १० रन जोडे। पवनले २१ बलमा ६ चौका र ३ छक्का हिर्काए। रितले १० बलमा १ चौका हिर्काए।
चीनलाई सस्तैमा रोक्ने क्रममा नेपालका सागर ढकालले ६ विकेट लिए । उनले ९.१ ओभरमा ३ मेडन राख्दा १९ रन दिए। तिलकराज भण्डारीले ३ र कमलसिंह ऐरीले १ विकेट लिए । समूह ए मा रहेको नेपालको समूहमा चीन र सिङ्गापुर छन्। नेपालले आफ्नो दोस्रो तथा समूह चरणको अन्तिम खेल असार २० गते सिङ्गापुरसँग खेल्नेछ।
प्रतियोगितामा यसअघि आठ टोलीले सहभागिता जनाउने भनिए तापनि प्रतियोगिता शुरु हुनु केही दिनअघिमात्रै म्यानमारले नाम फिर्ता लिएको थियो। समूह ए रहेको म्यानमारले नाम फिर्ता लिएपछि उक्त समूहमा तीन टोली मात्रै सहभागी भएका हुन्। अर्को समूहमा भने चार टोली छन्।
अर्को समूहमा आयोजक मलेशियासँगै, भूटान, हङ्कङ र थाइल्याण्ड रहेका छन्। समूहको शीर्ष दुई टोलीले सेमिफाइनलका लागि स्थान बनाउने छन्।































प्रतिक्रिया