टी-२० क्रिकेटमा अफगानिस्तान विजयी

टी-२० क्रिकेटमा अफगानिस्तान विजयी

केन्द्रबिन्दु
42
Shares

काठमाडौं। आयरल्याण्डविरुद्धको दोस्रो टी-२० क्रिकेटमा अफगानिस्तान विजयी भएको छ। सारजाहमा आइतबार राति भएको खेलमा अफगानिस्तानले आयरल्याण्डलाई १० रनले पराजित गरेको हो।

पहिला ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ओभरमा ९ विकेट गुमाएर १५२ रन बनाएको थियो। जवाफमा आयरल्याण्ड निर्धारित ओभरमा ८ विकेट गुमाएर १४२ रनमा रोकियो।

टस जितेर पहिला ब्याटिङ थालेको अफगानिस्तानले सुरुआत निकै नराम्रो गरेको थियो। अफगानिस्तानले १४ रन बनाउँदा ४ विकेट गुमाएको थियो। त्यसपछि सेदुल अटल र मोहमद नावीले पारि सम्हालेका थिए।

सेदुल ३५ रनमा रनआउट हुँदा अफगानिस्तानले ५ विकेट गुमाएर ९३ रन बनाएको थियो। यसैगरी मोहमद नावीले ५९ रन बनाएको थियो। कप्तान रासिद खानले २५ रन बनाए। आयरल्याण्डका मार्क एडिरले तीन विकेट लिँदा जोस लिटल र बेरी म्याकार्थीले दुई-दुई विकेट लिए।

१५३ रनको लक्ष्यसहित मैदान उत्रिएको आयरल्याण्डले सुरुआत राम्रो गरेको थियो। तर मिडिलि अर्डरमा खेलाडी चल्न नसक्दा टिमले जित निकाल्न सकेन। एन्डे बालब्रेनले ४५ रन बनाउँदा कप्तान पौल स्र्टलिङले २४ रन बनाए।

अर्का खेलाडी ग्रेथ डेलेनीले ३९ रन जोडे बनाए पनि जित दिलाउन असफल भए। अफगानिस्तानका स्टार स्पिनर रासिद खानले ४ विकेट लिँदा नानगेयालिया खरोटेले दुई विकेट लिए। अफगानिस्तानले जित निकालेसँगै सिरिज एक एकको बराबरीमा आएको छ। अब सिरिजको छिनोफानो तेस्रो टी-२० बाट हुनेछ।

Logo