एम्बाप्पेको ह्याट्रिकमा पीएसजीको गोलवर्षा

एम्बाप्पेको ह्याट्रिकमा पीएसजीको गोलवर्षा

केन्द्रबिन्दु
56
Shares

काठमाडाैँ। किलियान एम्बाप्पेको ह्याट्रिकको मद्दतले पेरिस सेन्ट जर्मेनले मोन्टपेलियरमाथि गोल वर्षा गरेको छ । ६-२ गोल अन्तरले जीत हासिल गर्दै पीएसजी लिग वानको शीर्ष स्थानमा १२ अङ्कले अघि बढेको हो।

खेलमा भिटिन्हाले पीएसजीलाई अग्रता दिलाएका थिए। २२ औँ मिनेटमा एम्बाप्पेले टोलीको अग्रता दोब्बर बनाए। तर अरनाउड नोर्डिन र टेजी साभानियरले गोल गरेपछि मोन्टपेलियर खेलमा फर्कियो।

दोस्रो हाफको सुरुवातमा गोल गर्दै एम्बाप्पेले पुनः टोलीलाई अग्रता दिलाए। लगत्तै लि कङ–इनले अर्को गोल थपे। ६३ औँ मिनेटमा एम्बाप्पेले ह्याट्रिक पूरा गरे । खेलको अन्त्यमा नुनो मेन्डेसले पीएसजीको गोल सङ्ख्या आधा दर्जन पुर्‍याए।

यो सिजन लिगमा एम्बाप्पेले २४ गोल गरेका छन्। उनको यो तेस्रो ह्याट्रिक पनि थियो। २६ खेलबाट पीएसजीको ५९ अङ्क रहेको छ । दोस्रो स्थानमा रहेको ब्रेस्टको ४७ अङ्क छ।

Logo