टी-२० सिरिजमा आयरल्याण्डविरुद्ध अफगानिस्तानको जित

टी-२० सिरिजमा आयरल्याण्डविरुद्ध अफगानिस्तानको जित

केन्द्रबिन्दु
140
Shares

काठमाडौं। आयरल्याण्डविरुद्धको टी–२० सिरिज अफगानिस्तानले जितेको छ। तेस्रो तथा अन्तिम टी-२० मा अफगानिस्तानले आयरल्याण्डलाई ५७ रनले पराजित गर्दै सिरिज २-१ ले जितेको हो।

सारजाह क्रिकेट मैदानमा सोमबार राति भएको अन्तिम टी–२०मा पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ओभरमा ७ विकेट गुमाएर १५५ रन बनाएको थियो। आयरल्याण्ड भने १७.२ ओभरमा ९८ रनमा रोकिन पुग्यो।

पहिला ब्याटिङ गर्दा अफगानिस्तानका इब्राहिम जर्दानले ७२ रनको नटआउट पारि खेले। उनले ५१ बलमा ३ छक्का र ५ चौका प्रहार गरेका थिए। यसैगरी मोहमद इसाकले २७ रन जोड्दा सेदुल्लाह अटलले १९ रन बनाए। आयरल्याण्डका सात खेलाडीले एक एक विकेट हात पारे।

लक्ष्य पछ्याएको आयरल्याण्डको सुरुआत राम्रो भएन। लगातार विकट पतन हुँदा १७.२ ओभरमा आयरल्याण्डको पुरै टिम ९८ रनमा रोकियो। आयरल्याण्डका लागि कर्टिस काम्फरले सर्वाीधक २८ रन बनाउँदा ग्रेथ डेलेनीले २१ रन जोडेका थिए।

हेरी टेक्टर १६ रनमा आउट हुँदा अरुले दोहोरो अंकमा रन बनाउन सकेनन्। अफगानिस्तानका अज्मतुल्लाह ओमरजाइले सर्वाधिक ४ विकेट लिँद्या नभिन उल हकले तीन विकेट हात पारे।

Logo