काठमाडौं,
आईसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत शनिबार भएको खेलमा पाकिस्तान र अष्ट्रेलिया विजयी भएका छन् ।
पाकिस्तानले अफगानिस्तानलाई तीन विकेटले हराएको छ भने अष्ट्रेलिया न्यूजिल्याण्डसँग ८६ रनले विजयी भएको हो । जितसँगै पाकिस्तानले सेमिफाइनलको सम्भावना पनि बलियो बनाएको छ । यसका साथै पाकिस्तान पहिलो पटक शीर्ष चारमा उक्लिएको छ ।
टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २२७ रन बनाएको थियो । जवाफमा पाकिस्तानले ४९ ओभर चार बलमा सात विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो ।
यता अष्ट्रेलियाले दिएको २४३ रनको लक्ष्य पछ्याएको न्यूजिल्याण्डले पूरा गर्न नसक्दा ८६ रनले पराजित हुन पुग्यो । टस जितेर पहिला ब्याटिङ गरेको अस्ट्रेलियाले निर्धारित ओभरमा ९ विकेट गुमाएर २४३ रन बनाएको थियो । लक्ष्य पछ्याएको न्यूजिल्याण्डका ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन नसकेपछि ४३.४ ओभरमा सवै विकेट गुमाउँदै १४३ रनमा समेटिएको थियो ।
आज भारत र इंग्ल्याण्डवीच खेल हुने तालिका छ ।































प्रतिक्रिया