नेपाल बहराइनसँग ५-० ले पराजित

नेपाल बहराइनसँग ५-० ले पराजित

केन्द्रबिन्दु
98
Shares

काठमाडौँ। फिफा विश्वकप २०२६ र एएफसी एसियन कप २०२७ को संयुक्त छनोट अन्तर्गत दोस्रो चरणको खेलमा नेपाल बहराइनसँग ५-० ले पराजित भएको छ।

बहराइन राष्ट्रिय रंगशालामा भएको खेलमा घरेलु टोली ५-० ले विजयी भएको हो। बहराइनले खेलको पहिलो हाफमा ३ गोल गरेको थियो भने दोस्रो हाफमा २ गोल गरेको थियो।

यो हारसहित नेपालले एशियाबाट विश्वकप छनौटको समूह एचमा लगातार तेस्रो हार बेहोरेको छ। नेपालले पहिलो खेलमा युएईसँग ४-० को हार बेहोरेको थियो भने दोस्रो खेलमा यमनसँग २-० गोल अन्तरले हार बेहोरेको थियो। अब नेपालले बहराइनसँग नै अर्को खेल आगामी मंगलबार राति खेल्नेछ।

Logo