विश्वकप छनोटः जापानको अपराजित यात्रा कायमै

विश्वकप छनोटः जापानको अपराजित यात्रा कायमै

केन्द्रबिन्दु
168
Shares

काठमाडौं। फिफा विश्वकप २०२६ तथा एएफसी एशियन च्याम्पियनसिपको छनोटमा जापानले अपराजित यात्रा कायमै राखेको छ। टोकियोमा बिहीबार भएको समूह बीको खेलमा जापानले उत्तर कोरियालाई १–० गोल अन्तरले पराजित गरेको हो।

जापानले खेल सुरु भएको दोस्रो मिनेटमै गोल गर्दै अग्रता लिएको थियो। जापानका लागि एओ तानकाले रितुस डोनको पासमा गोल गरेका थिए।

उनको गोलसँगै सुरुमै अग्रता लिएको जापानले खेलभर ६४ प्रतिशत बल नियन्त्रणमा राखे पनि थप गोल भने गर्न सकेन। यही समूहमा रहेका म्यानमार र सिरियाले भने एक एक गोलको बराबरी खेल्दै अंक बाँडेका छन्।

३५ औं मिनेटमा घरेलु टोली म्यानमारले गोल गर्दै अग्रता लिएको थियो। म्यानमारका लागि सोइ मोइ क्यावले माउंग ल्विनको पासमा गोल गर्दै अग्रता दिलाएका थिए। तर, ७१ औं आला डानीले सिरियाका लागि बराबरी गोल गरेका थिए।

तेस्रो चरणको खेलसम्म अपराजित रहेको जापान ९ अंकका साथ शीर्ष स्थानमा रहँदा सिरियाले समान खेलबाट ४ अंक जोड्दै आफूलाई तालिकाको दोस्रो स्थानमा राखेको छ। यसैगरी उत्तर कोरिया तीन अंकका साथ तेस्रो स्थानमा छ भने म्यानमार एक अंकका साथ पुछारमा रहेको छ।

Logo