फिल्म ‘अर्ध पागल’ मा दुई साथीको द्वन्द्व

फिल्म ‘अर्ध पागल’ मा दुई साथीको द्वन्द्व

केन्द्रबिन्दु
42
Shares

काठमाडौँ। अभिनेता अभयराज बराल निर्देशित फिल्म ‘अर्ध पागल’ को फस्टलुक पोस्टर सार्वजनिक भएको छ।

दुई मिल्ने साथी काठमाडौँदेखि लमजुङ घले गाउँसम्मको यात्रामा निस्कंदै गर्दा उनीहरुबीच आ-आफ्नो प्रेमिकालाई लिएर भएको मानसिक र शारीरिक द्वन्द्व फिल्ममा समेटिएको छ। फिल्मको पोस्टरमा पनि त्यसको झल्को दिइएको छ।

फिल्ममा अभयराज बराल, प्रकाश भुजेल, ममता लामिछाने, सोबिता अधिकारी, हिना कोइराला, संगीता राई, दिक्षा ढकाललगायतको अभिनय छ।

निर्देशक बरालले फिल्मलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा सहभागी गराइने बताए। फिल्ममा समर्पण रेग्मीको छायाङ्कन, सौरभ ढकालको क्रियटिभ निर्देशन र कृष्ण भण्डारीको सम्पादन छ।

Logo