नेपाल र आयरल्यान्ड वुल्भ्सबीच हुने सबै खेल एक्सन स्पोर्टसले प्रत्यक्ष प्रसारण गर्ने

नेपाल र आयरल्यान्ड वुल्भ्सबीच हुने सबै खेल एक्सन स्पोर्टसले प्रत्यक्ष प्रसारण गर्ने

केन्द्रबिन्दु
70
Shares

टेष्ट राष्ट्र आयरल्याण्डको ‘ए’ टोली (आयरल्यान्ड वुल्भ्स) र नेपालबीच हुने क्रिकेट प्रतियोगिताका खेलहरु डिशहोमको एक्सन स्पोर्टस च्यानलले प्रत्यक्ष प्रसारण गर्ने भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) र डिशहोमको सम्झौताअनुसार आयरल्यान्ड वुल्भ्सले नेपालमा खेल्ने ८ खेल एक्सन स्पोर्टसले प्रत्यक्ष प्रसारण गर्ने भएकाे हाे ।

नेपालको राष्ट्रिय टोली गुजरात र बडोदासँग टी–२० त्रिकोणात्मक सिरिजका लागि भारत जानुअघि पाहुना टोली आयरल्यान्ड वुल्भ्ससँग चैत १२ र र १३ गते टी-२० क्रिकेट खेल्ने कार्यक्रम रहेको छ ।

त्यसपछि आयरल्यान्ड वुल्भ्सले नेपाल एविरुद्ध तीन खेलको टी–२० सिरिज र त्यसपछि तीन खेलको एकदिवसीय शृंखला खेल्ने तालिका पनि रहेको छ । ए टिमसँग टी-२० चैत १५ गते, चैत १६ गते र चैत १८ गते गरी तीन वटा म्याच खेल्ने छ । यस्तै, तीन वटा एक दिवसीय खेलहरु भने चैत २१, २३ र २५ गते हुनेछन् ।

प्रतियोगिताका सबै खेलहरु कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछन् ।

Logo