एन्ड्रिकको ऐतिहासिक गोलमा ब्राजिलको जित

एन्ड्रिकको ऐतिहासिक गोलमा ब्राजिलको जित

केन्द्रबिन्दु
70
Shares

काठमाडाैँ। युवा प्रतिभा एन्ड्रिकको ऐतिहासिक गोलमा ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा इंग्ल्यान्डलाई पराजित गरेको छ। ब्राजिलले घरेलु टोली इंग्ल्यान्डमाथि १-० को जित निकालेको हो।

वेम्वली स्टेडियम लन्डनमा शनिबार राति भएको खेलमा परिवर्तित खेलाडीको रुपमा मैदान छिरेका एन्ड्रिकले ब्राजिलका लागि पहिलो गोल गर्दै जित दिलाएका हुन्। उनले ब्राजिलका लागि तेस्रो खेलमा पहिलो अन्तर्राष्ट्रिय गोल गर्न सफल भएका हुन्।

इंग्ल्यान्डविरुद्धको गोलसँगै एन्ड्रिक ब्राजिली क्लब र ब्राजिलबाट गोल गर्ने सबैभन्दा कान्छा खेलाडी बनेका छन्। एन्ड्रिकले १७ वर्ष २४६ दिनमा गोल गर्दै कीर्तिमान बनाएका हुन् । यसअघि रोनाल्डोले सन् १९९४ मा यो कीर्तिमान बनाएका थिए।

प्रतिस्पर्धात्मक बनेको खेलमा घरेलु टोली इंग्ल्यान्डले बल पोसेसन राखेपनि ब्राजिली गोलरक्षक बेन्टोले सानदार प्रदर्शन गर्दा इंग्ल्यान्ड निराश बन्न पुग्यो । ब्राजिलले भने काउन्टर अट्याकमा इंग्ल्यान्डलाई दवावमा राख्दै गोल गर्न सफल भएको थियो।

७१औं मिनेटमा रोड्रिगोको स्थानमा मैदान छिरेका एन्ड्रिकले ८०औं मिनेटमा गोल गर्दै ब्राजिललाई १–० को जित दिलाए। उनले मैदान छिरेको नवौं मिनेटमा भिनिसियस जुनियरको पासमा गोल गर्न सफल भएका थिए। एन्ड्रिकले अफसाइड बिट ट्याप गर्दै सुन्दर फिनिस गरेका थिए। यस जितसँगै ब्राजिलको लगातार चार जितविहीन यात्रामा पूर्णविराम लागेको छ।

Logo