दुई टी-२० अभ्यास खेलमा नेपालले आज आयरल्यान्ड ए सँग खेल्दै

दुई टी-२० अभ्यास खेलमा नेपालले आज आयरल्यान्ड ए सँग खेल्दै

केन्द्रबिन्दु
126
Shares

काठमाडौं। नेपालले दुई टी-२० अभ्यास खेलअन्तर्गत आज आयरल्यान्ड ए सँग पहिलो खेल खेल्दैछ।

खेल दिउँसो १ बजे टी-यु क्रिकेट मैदानमा सुरु हुनेछ। नेपालले दोस्रो खेल मंगलबार खेल्नेछ। त्यसपछि नेपाल भारत भ्रमणमा जानेछ।

नेपाल ए र आयरल्यान्ड ए बीच भने समान तीन टी-२० र एकदिवसीय अभ्यास खेल हुनेछन्। टी-२०आई र टी-२० मान्यता नपाएको हुँदा यो अभ्यास खेल मात्रै हुनेछ। त्यसैले प्रदर्शन खेलाडीहरु विना दबाब गर्नेछन्।

नेपालको टोली

रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा, अनिल शाह, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जि।सी, अभिनाश बोहरा र आकाश चन्द ।

आयरल्यान्ड ए को टोली

निल रक (कप्तान), पिटर मुर, रस आदिर,केड कार्माइकल, ग्यारेथ डेलानी, स्टीफन डोहेनी, म्याथ्यु फस्टर, फिन हृयान्ड, गेभिन होई, म्याथ्यू हम्फ्रेज, थोसम मेयस, लियाम म्याककार्थी, जेम्श म्याकुलम, मोर्गन टोप्पिङ र बेन हृवाइट ।

Skip This
Logo