नेपालले आयरल्याण्ड वुल्भ्सलाई दियो १९९ रनको लक्ष्य

नेपालले आयरल्याण्ड वुल्भ्सलाई दियो १९९ रनको लक्ष्य

केन्द्रबिन्दु
112
Shares

घरेलु टोली नेपालले ट्वान्टी-२० शृङ्खलाअन्तर्गत दोस्रो तथा अन्तिम खेलमा आयरल्याण्ड वुल्भ्सलाई बलियो लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङको निर्णय लिएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १९९ रन जोडेको हो । नेपालका लागि अलराउण्डर गुलसन झाले सर्वाधिक ४६ रन जोडे । ठूलो शट खेल्ने धुनमा उनी अर्धशतकबाट भने चुके । ३२ बल खेलेका ४ छक्का प्रहार गरे ।

साथै कुशल मल्लले विष्फोटिङ ब्याटिङ गर्दै ३४ रन जोडे । १३ बलको सामना गरेका उनले एक् चौका र ४ छक्का प्रहार गरे । कप्तान रोहितकुमार पौडेलले ५ चौकाको मदतमा ३३ रन जोड्दा ओपनर कुशल भुर्तेलले २५ रन जोडे ।

सन्दीप जोराले पनि सानदार फिनिसिङ गरे । १० बल खेलेका उनले ३ चौका र एक छक्काको मदतमा २१ रन जोडे ।यसअघि नेपालले पहिलाे विकेटका रूपमा ओपनर आशिफ शेखलाई ११ रन बनाउँदा गुमाएको थियो । तेस्रो नम्बरमा क्रिज सम्हाल्न आएका अनिल साह पनि ११ बलमा दुई चौकाको मद्दतले १२ रन बनाउँदै पवेलियन फर्किए ।

बलिङतर्फ म्याथु फोस्टरले ३ विकेट तथा वेन ह्वाइटले २ विकेट लिए ।

आजको खेल जितेमा नेपालले शृङ्खलामाथि कब्जा गर्नेछ । हिजो भएको यस शृङ्खलाको पहिलो खेलमा नेपालले आयरल्याण्ड वुल्भ्सलाई छ विकेटले पराजित गरेको थियो ।

Logo