नेपालविरुद्ध आयरल्याण्ड वुल्भ्स दबाबमा, कप्तान रक पनि आउट

नेपालविरुद्ध आयरल्याण्ड वुल्भ्स दबाबमा, कप्तान रक पनि आउट

केन्द्रबिन्दु
154
Shares

घरेलु टोली नेपालले ट्वान्टी-२० शृङ्खलाअन्तर्गत दोस्रो तथा अन्तिम खेलमा आयरल्याण्ड वुल्भ्सको चौथो विकेट लिएको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालले जितका लागि दिएको १९९ रनको लक्ष्य पछ्याउके क्रममा आयरल्याण्ड वुल्भ्सले चौथो विकेट गुमाएको हो । १५औं ओभरको पहिलो बलमा करण केसीले कप्तान नेल रकलाई १७ रनमा आउट गरेका हुन् । हाल आयरल्याण्ड वुल्भ्स ४ विकेटको क्षतिमा १०३ रन जोडेर खेलिरहेको छ ।

यसअघि आयरल्यान्डको तेस्रो विकेट कुशल भुर्तेलले लिएका थिए । उनले आयरल्यान्डका तेस्रो नम्बरका ब्याट्सम्यान केड कार्मिचललाई १८ रनको व्यक्तिगत स्कोरमा अनिल साहद्वारा क्याच गराएका थिए । ओपनद्वय रोस अदैर १७ रन तथा स्टफेन डोहेनी २६ रन बनाउँदै आउट भए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङको निर्णय लिएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १९९ रन जोडेको थियाे । नेपालका लागि अलराउण्डर गुलसन झाले सर्वाधिक ४६ रन जोडे । ठूलो शट खेल्ने धुनमा उनी अर्धशतकबाट भने चुके । ३२ बल खेलेका ४ छक्का प्रहार गरे ।

साथै कुशल मल्लले विष्फोटिङ ब्याटिङ गर्दै ३४ रन जोडे । १३ बलको सामना गरेका उनले एक् चौका र ४ छक्का प्रहार गरे । कप्तान रोहितकुमार पौडेलले ५ चौकाको मदतमा ३३ रन जोड्दा ओपनर कुशल भुर्तेलले २५ रन जोडे ।

सन्दीप जोराले पनि सानदार फिनिसिङ गरे । १० बल खेलेका उनले ३ चौका र एक छक्काको मदतमा २१ रन जोडे ।यसअघि नेपालले पहिलाे विकेटका रूपमा ओपनर आशिफ शेखलाई ११ रन बनाउँदा गुमाएको थियो । तेस्रो नम्बरमा क्रिज सम्हाल्न आएका अनिल साह पनि ११ बलमा दुई चौकाको मद्दतले १२ रन बनाउँदै पवेलियन फर्किए ।

बलिङतर्फ म्याथु फोस्टरले ३ विकेट तथा वेन ह्वाइटले २ विकेट लिए ।

आजको खेल जितेमा नेपालले शृङ्खलामाथि कब्जा गर्नेछ । हिजो भएको यस शृङ्खलाको पहिलो खेलमा नेपालले आयरल्याण्ड वुल्भ्सलाई छ विकेटले पराजित गरेको थियो ।

Logo