चैते दसैंमा राष्ट्रियस्तरको कालिका कप भलिबल

चैते दसैंमा राष्ट्रियस्तरको कालिका कप भलिबल

केन्द्रबिन्दु
56
Shares

गलकोटः कालिका भगवती गुठी व्यवस्थापन समितिको आयोजनामा रु. तीन लाख राशिको कालिका कप भलिबल प्रतियोगिता यही चैत ३० गतेदेखि हुने भएको छ ।

‘गन्तव्य बागलुङ कालिकाः कला र संस्कृतिको प्रवद्र्धन–स्थानीय उत्पादन, व्यापार र पर्यटन प्रवद्र्धन’ नाराका साथ आयोजना हुने चैते दसैं मेलाका सन्दर्भमा भलिबल प्रतियोगिता हुन लागेको हो । समितिका अनुसार राष्ट्रिय खेलाडी सहभागी हुने प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने समूहलाई रु. तीन लाख नगद पुरस्कार प्रदान गरिनेछ ।

खेलमा द्वितीय हुने समूहलाई रु. एक लाख ५० हजार र तृतीय टोलीलाई रु. एक लाख प्रदान गरिनेछ । सर्वोत्कृष्ट र अनुशासित खेलाडीलाई रु. पाँच हजार पुरस्कृत गरिने छ । आगामी वैशाख ६ गतेसम्म सञ्चालन हुने मेलामा पाँच लाख धार्मिक पर्यटक भित्रिने र एक करोडभन्दा बढीको आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ ।

मेलामा लोकदोहोरी प्रतियोगिता, माध्यमिक विद्यालयस्तरीय सामूहिक नृत्य प्रतियोगिताको आयोजना गरिने जनाइएको छ । राष्ट्रिय लोकदोहोरी प्रतियोगितामा प्रथम हुने टोलीलाई नगद रु दुई लाख पुरस्कार र द्वितीय हुनेलाई रु एक लाख र तृतीय हुनेलाई रु. ५० हजार र उत्कृष्ट स्वरका महिला–पुरूष तथा उत्कृष्ट वेषभूषा महिला–पुरूषलाई रु. पाँच हजार नगद पुरस्कार प्रदान गरिनेछ ।

Logo