नेपाल टाेलीका लागि गुजरातको सिरिज एकदमै महत्वपूर्ण -पारस खड्का

नेपाल टाेलीका लागि गुजरातको सिरिज एकदमै महत्वपूर्ण -पारस खड्का

केन्द्रबिन्दु
70
Shares

नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले नेपाल क्रिकेट विश्वकपको तयारीमा रहेको अवस्थामा गुजरातको सिरिज एकदमै महत्वपूर्ण भएको बताएका छन् ।

भारत जाने नेपाली राष्ट्रिय टोलीलाई आज शुभकामनासहित विदाई गर्दै सचिव खड्काले गुजरातको सिरिज एकदमै महत्वपूर्ण भएको भन्दै उनले खेलाडीहरुलाई राम्रो पदर्शनका लागि आग्रह गरेका हुन् ।

उनले भने, ‘नेपाल क्रिकेट विश्व कपको तयारीमा रहेको अवस्थामा गुजरातको सिरिज हाम्रो लागि एकदमै महत्वपूर्ण छ । इन्डियाको रणजी लेबलको टिमहरुसँग खेल्ने हामीले अवसर पाएका छौं । विश्वकप जुनमा हुने भएको हुनाले यो दुई तीन महिना नेपाली क्रिकेटको लागि एकदमै महत्वपूर्ण छ । खेलाडीहरुलाई प्रेसर पनि छ किनभने देशको प्रतिनिधित्व गर्ने इच्छा धेरैको हुन्छ तर, त्यो मौका अहिलेका १५ जना छानिएका खेलाडीले पाएको छ । त्यसकारण यसको तयारी एकदमै राम्रो गर्नु हुन आग्रह गर्न चाहन्छु ।’

आगामी टी–२० विश्व कपको तयारीका क्रममा नेपाली राष्ट्रिय क्रिकेट टोली भारतको दुईवटा घरेलु टोलीसँग त्रिकोणात्मक श्रृङ्खला खेल्न भारत जाँदैछ । उक्त श्रृङ्खला मार्च ३१ देखि अप्रिल ७ तारिखसम्म आयोजना हुँदै छ । नेपाली टोलीलाई भारतमा हुने त्रिकोणात्मक श्रृङ्खलाले थप अनुभव बटुल्ने मौका प्रदान गर्नेछ ।

Logo