मन्त्रीकै अघि कप्तान रोहित पौडेलले गरे सरकारले पुरस्कार रकम नदिएको गुनासो

मन्त्रीकै अघि कप्तान रोहित पौडेलले गरे सरकारले पुरस्कार रकम नदिएको गुनासो

केन्द्रबिन्दु
126
Shares

नेपाली क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले भारतको गुजरातमा हुने सिरिजका लागि आफूहरु एकदमै तयार रहेको बताएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान)ले भारत जाने नेपाली राष्ट्रिय टोलीलाई आज शुभकामनासहित विदाई गरेकाे हाे । साे क्रममा कप्तान पौडेलले भने, ‘क्रिकेटको तयारीको कुरा गर्दा हामी एकदमै तयार छौं । हाम्रो या सिरिज पनि हाम्रो लागि एकदमै ठूलो तयारी हो । हामीले यो अवसरलाई महत्व दिएर खेल्ने छौं ।’

तर उनले खेलाडीहरुलाई सरकारले तोकेको पुरस्कार रकम नदिएकोप्रति गुनासो गरे । ‘सरकारले हामीलाई तोकेको पुरस्कार रकम पनि प्राप्त हुन सकेको छैन्,’ पौडेलले भने ।

विश्वकपमा जानु हाम्रो लागि सबैभन्दा ठूलो प्रगती भएको कोच मन्टि देसाईको भनाई छ । उनले गुजरातमा हुने खेलको लागि निकै उत्साहित भएको भन्दै राष्ट्रलाई गर्व महशुस गराउने हिसाबमा खेल्न पनि सबै खेलाडीहरुलाई आग्रह गरेका छन् ।

यो श्रृङ्खलामा नेपालले भारतको गुजरात र बरोडाको टोलीसँग प्रतिस्पर्धा गर्न लागेको हो । भारत भ्रमणका क्रममा नेपाली टोलीले आफ्नो पहिलो खेल मार्च ३१ गुजरातसँग खेल्नेछ । अप्रिल १ मा गुजरात र बरोडाबीच खेल हुनेछ ।

यसैगरी अप्रिल २ मा नेपालले बरोडाको सामना गर्नेछ । अप्रिल ३ तारिखमा नेपाल र गुजरातबिच खेल हुनेछ । अप्रिल ४ मा गुजरातले बरोडाको सामना गर्नेछ । अप्रिल ५ मा नेपाल र बरोडाबीच लिग चरणको अन्तिम खेल हुनेछ । त्यसपछि अप्रिल ७ तारिखमा श्रृंखलाको फाइनल खेल खेलिने छ ।

Logo