१० ओभरमा २ विकेट गुमाउँदै आयरल्यान्ड ‘ए’ले जोड्यो ९० रन

१० ओभरमा २ विकेट गुमाउँदै आयरल्यान्ड ‘ए’ले जोड्यो ९० रन

केन्द्रबिन्दु
70
Shares

काठमाडौं । नेपाल ‘ए’सँग खेलिरहेको आयरल्यान्ड ‘ए’ले १० ओभरमा २ विकेट गुमाउँदै ९० रन जोडेको छ।

शुक्रबार कीर्तिपुरस्थित् त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी पहिलो टी–२० क्रिकेटमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको आयरल्यान्ड ‘ए’ले पहिलो ओभरको दोश्रो बलमा विकेट गुमाएको हो।

नेपालका लागि पहिलो विकेट बलर कमल ऐरीले लिएका हुन्। उनले आयरल्यान्ड ‘ए’का ओपनर ब्याट्सम्यान रोस आदैरलाई २ रनमै पभेलियन फर्काएका हुन्।

यस्तै, ९ औं औभरको अन्तिममा बलमा नेपालका लागि सागर ढकालले दोश्रो विकेट लिएका छन्। उनले आयरल्यान्ड ‘ए’का काडे कर्मिसललाई ३८ रनमा आउट गरेका हुन्।

Logo