आयरल्यान्ड ‘ए विरुद्ध लोकेश बमको सानदार शतक

आयरल्यान्ड ‘ए विरुद्ध लोकेश बमको सानदार शतक

केन्द्रबिन्दु
168
Shares

नेपाल ‘ए’ का लोकेश बमले पहिलो टी-२० अभ्यास खेलमा आयरल्यान्ड ‘ए विरुद्ध सानदार शतक प्रहार गरेका छन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आयरल्यान्ड ‘ए’ले दिएका २२३ रनको विशाल लक्ष्य पछ्याउने क्रममा लोकेश बमले ५२ बलमा शतक प्रहार पूरा गरेका हुन् । सो क्रममा उनले ८ चौका र ८ छक्का प्रहार गरे । उनलाई क्रिजमा आरिफ शेखले साथ दिइरहेका छन्।

हाल नेपालले १५ ओभरमा ३ विकेटको क्षतिमा १८३ रन बनाएर खेलिरहेको छ ।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको आयरल्यान्डको एले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २२२ रन जोडेको थियाे । आयरल्यान्डको एका लागि ओपनर पिटर मूरले सर्वाधिक ४९ रन जोडे । ३२ बल खेल्दै ३ छक्का र ४ चौकाको मदतमा ४९ रन जोडेका हुन् । तर, अर्धशतकमा भने चुके ।

त्यस्तै, आपिटर मूरले ३२ बल खेल्दै ३ छक्का र ४ चौकाको मदतमा ४९ रन जोडे । कप्तान नेल रक र केड कार्माइकलले समान ३८ ३८ रन जोडे । स्टेफेन डोहेनीले ३४ रन जोडे । ग्यारेथ डेलानीले १४ बल खेल्दै ३० रन तथा गाभीन होयले ६ बलमा १८ रन जोडे । उनीहरु नटआउट रहे ।

बलिङतर्फ कमल सिंह ऐरीले सर्वाधिक ३ विकेट लिए । लामोसमय पछि मैदानमा फर्किएका उनले ४ ओभरमा ३९ रन खर्चिँदै ३ विकेट लिएका हुन् । साथै आरिफ शेख र सागर ढकालले एकएक विकेट लिए ।

हिजोका लागि तय भएको उक्त खेल वर्षाका कारण स्थगित भएको थियो । यसअघि आयरल्यान्ड एले रोहितकुमार पौडेलको कप्तानीमा रहेको नेपाली राष्ट्रिय टिमसँग दुई ट्वान्टी–२० क्रिकेट खेलेको थियो । तर, दुवै खेल नेपालले जित्यो ।

Logo