विश्वकप क्रिकेट : पाकिस्तानद्वारा दक्षिण अफ्रिका ४९ रनले पराजित

विश्वकप क्रिकेट : पाकिस्तानद्वारा दक्षिण अफ्रिका ४९ रनले पराजित


काठमाडौं,

आइसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत आइतबार भएको खेलमा पाकिस्तानले दोस्रो जित निकालेको छ ।

पाकिस्तानले दक्षिण अफ्रिकालाई ४९ रनले हराउँदै जित हात पारेको हो । टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले ५० ओभरमा सात विकेट गुमाउँदै ३ सय ८ रन बनायो । ३०९ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले ५० ओभरमा ९ विकेट गुमाउँदा २ सय ५९ रनमा रोकिएपछि पाकिस्तानलाई जित सहज भएको हो ।

पाकिस्तानको यो दोस्रो जित हो भने हारसँगै दक्षिण अफ्रिका प्रतियोगिताबाटै बाहिरिएको छ । आज बंगलादेश र अफगानिस्तानवीच खेल हुने तालिका छ ।

Logo