रोयल च्यालेन्जर्स बैंगलुरुमाथि कोलकोताको शानदार जित

रोयल च्यालेन्जर्स बैंगलुरुमाथि कोलकोताको शानदार जित

केन्द्रबिन्दु
98
Shares

काठमाडौ‌। इण्डियन प्रिमियर लिग (आइपिएल)अन्तर्गत कोलकोता नाइट राइडर्सले रोयल च्यालेन्जर्स बैंगलुरुलाई ७ विकेटले पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा बैंगलुरुले दिएको १८३ रनको लक्ष्य कोलकोताले १६.५ ओभरमा ३ विकेट गुमाउदै पुरा गरेको थियो ।कोलकोताको जितमा सुनिल नारन आक्रामक ४७ र वैंकटेस अय्यरले अर्धशतक बनाएका थिए ।  त्यस्तै कप्तान श्रेयस अय्यरले अविजित ३९ रन बनाए भने फिल साल्टले ३० रन बनाएका थिए ।

त्यसैगरी यसअघि टस हारेर पहिला ब्याटिंग गरेको रोयल च्यालेन्जर्स बैंगलुरुले विराट कोहलीको ८३ रनको मद्दतले २० ओभरमा ६ विकेट गुमाउदै १८२ रन बनाएको थियो । यो जितपछि कोलकोताले लगातार दोस्रो जित हासिल गरेको छ । त्यस्तै बैंगलुरुले तेस्रो खेलमा दोस्रो हार बेहोरेको छ ।
 

Logo