कमल सिंह ऐरीले लिए विस्फोटक ब्याटिङ गरेका पिटरकाे विकेट

कमल सिंह ऐरीले लिए विस्फोटक ब्याटिङ गरेका पिटरकाे विकेट

केन्द्रबिन्दु
70
Shares

आयरल्याण्ड ए विरुद्धको टी–२० अभ्यास खेलमा नेपाल एका तीव्र गतिका बलर कमल सिंह ऐरीले महत्वपूर्ण विकेट दिलाएका छन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको आयरल्याण्ड एले पाँचौं विकेट गुमाएको हो । ऐरीले विस्फोटक ब्याटिङ गरेका पिटर मुरलाई २६ बलमा ६५ रन बनाउँदा क्याच आउट गराएका हुन् । उनले ३ चौका र ७ छक्का प्रहार गरे ।

हाल आयरल्याण्डले ५ विकेटको क्षतिमा १ सय २७ रन बनाएको छ । यसअघि चारमध्ये तीन विकेट सागर ढकालले लिएका छन् । उनले जेम्स म्याकुलमलाई २६ रन, रस आदिरलाई १७ रन र स्टिफन डोहेनीलाई ४ रनमा आउट गरेका हुन् ।

Logo