आयरल्याण्ड एविरुद्ध नेपालकाे उत्कृष्ट ब्याटिङ

आयरल्याण्ड एविरुद्ध नेपालकाे उत्कृष्ट ब्याटिङ

केन्द्रबिन्दु
140
Shares

आयरल्याण्ड एले दोस्रो टी–२० अभ्यास खेलमा दिएको २२५ रनको विशाल लक्ष्य पछ्याउने क्रममा नेपालले उत्कृष्ट ब्याटिङ गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले ७ ओभरमा २ विकेटको क्षतिमा ९३ रन पूरा गरेको छ । नेपाली टाेलीले पावर प्लेकाे भरपूर फाइदा उठाउन सफल भयाे । आयरल्याण्ड एविरुद्ध यो नेपालको सिनियर टोलीको भन्दा राम्रो प्रदर्शन हो । क्रिजमा देव खनाल र किरण छन् । यसअघि ओपनर लोकेश बम २५ रन बनाएर आउट भएका थिए । उनले १३ बलमा ३ चौका र २ छक्का हिर्काए । कप्तान विनोद भण्डारी पनि २६ रन बनाएर आउट भए ।

यसअघि टस हारेर ब्याटिङ गरेको आयरल्याण्ड एले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २२४ रन जोडेको थियाे । कप्तान नेल रक र पिटर मूरको विष्फोटक ब्याटिङमा विशाल लक्ष्य दिन सफल भयो । ३४ बल खेलेका कप्तान रकले ७ छक्काको मदतमा ७१ रन जोडे । उनी नटआउट रहे । त्यस्तै, पिटरले २६ बल खेल्दै ७ छक्का र ३ चौकाको मदतमा ६५ रन जोडे ।

जेम्स म्याकुलमले २६ रन, रस आदिरले १७ रन र स्टिफन डोहेनीले ४ रन जोडे ।

बलिङमा सागर ढकालले ३ विकेट लिँदा कमल सिंह ऐरी र पवन सर्वाफले एकएक विकेट लिए ।

तीन खेलको सिरिजमा पहिलो खेलमा आयरल्याण्डले नेपाल ए लाई २१ रनले पराजित गरेको थियो । सिरिज जोगाउन नेपाललाई आजको खेल जित्नैपर्ने दबाब छ ।

Logo