सानदार सुरुवातका बाबदूत आयरल्यान्ड एविरुद्ध नेपाल एको केही लागेन

सानदार सुरुवातका बाबदूत आयरल्यान्ड एविरुद्ध नेपाल एको केही लागेन

केन्द्रबिन्दु
84
Shares

सानदार सुरुवातका बाबदूत नेपाल ए दोस्रो टी-२० अभ्यास खेलमा पनि आयरल्यान्ड एविरुद्ध पराजय हुन पुगेको छ । शनिबार भएको खेलमा नेपाल आयरल्यान्डसँग ४० रनले पराजित भएको हो । योसँगै तीन खेलको सिरिजमा आयरल्यान्डले एक खेल अगावै कब्जा जमाएको छ ।

शुक्रबार भएको पहिलो खेलमा पनि नेपाल लक्ष्य पछ्याउन नसक्दा हार व्यहोर्न बाध्य भएको थियो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा २२५ रनको विशाल लक्ष्य पछ्याउने क्रममा नेपाल १७.५ ओभरमा अलआउट हुँदै १८४ रनमा समेटिएको हो ।नेपाली टोलीले पावर प्लेको भरपूर फाइदा उठाउन सफल भयो । ८७ रन जोड्यो । तर, खेल जित्न सकेन । नेपाललाई ओपनर देव खनाल र लोकेश बमले आक्रामक सुरुवात दिलाएका थिए । यसअघि शतक हानेका लोकेश १३ बलमा ३ चौका र २ छक्कासहित २५ रनमा क्याच आउट भए भने कप्तान विनोद भण्डारी पनि २६ रन जोडेर आउट भए ।

त्यसपछि रहेका देव ४७ रन बनाउँदा आउट भए । २५ बल खेलेका उनले ७ चौका प्रहार गरेका थिए । देव आउट हुँदा ८.४ ओभरमा नेपालले ११० रन जोडिसकेको थियो । तर त्यसपछि नेपालको खेल उस्तै रहेन । आरिफ शेख १४ रनमा आउट हुँदा बसिर अहमदले २७ रन, कमल सिंह ऐरीले ११ तथा पवन सर्वाफले १० रन जोडे ।

आयरल्यान्डका स्पिनर बेन ह्वाइटले ३ विकेट लिँदा फिन ह्यान्ड र थोमस मेयसले २-२ विकेट तथा ग्यारेथ डेलानी म्याथ्यु फस्टर १-१ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङ गरेको आयरल्याण्ड एले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २२४ रन जोडेको थियाे । कप्तान नेल रक र पिटर मूरको विष्फोटक ब्याटिङमा विशाल लक्ष्य दिन सफल भयो । ३४ बल खेलेका कप्तान रकले ७ छक्काको मदतमा ७१ रन जोडे । उनी नटआउट रहे । त्यस्तै, पिटरले २६ बल खेल्दै ७ छक्का र ३ चौकाको मदतमा ६५ रन जोडे ।

जेम्स म्याकुलमले २६ रन, रस आदिरले १७ रन र स्टिफन डोहेनीले ४ रन जोडे ।

बलिङमा सागर ढकालले ३ विकेट लिँदा कमल सिंह ऐरी र पवन सर्वाफले एकएक विकेट लिए ।

पहिलो खेलमा आयरल्याण्डले नेपाल ए लाई २१ रनले पराजित गरेको थियो ।

Logo