बरोडालाई नेपालले दियो १५७ रनको लक्ष्य

बरोडालाई नेपालले दियो १५७ रनको लक्ष्य

केन्द्रबिन्दु
84
Shares

नेपाली राष्ट्रिय टोलीले त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजमा भारतको राज्यस्तरीय क्लब बरोडालाई मध्यम लक्ष्य दिएको छ ।

मंगलबार टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५६ रन जोडेको हो । कमजोर सुरुवात गरेको नेपालका लागि कुशल मल्लले २५ बल खेल्दै सर्वाधिक ४० रन जोडे । साथै सन्दीप जोराले २९ रन, अनिलकुमार शाहले २५ रन, रोहितकुमार पौडेलले १८ रन र गुलसन झाले १३ रन जोडे ।

यसअघि नेपालले गुजरातमाथि ८ विकेटको जित दर्ता गरेको थियो ।

नेपालले आगामी टी-२० क्रिकेट विश्वकपको तयारी स्वरूप यो फ्रेन्डसिप कप खेलिरहेको हो । यो सिरिज अप्रिल ७ सम्म हुनेछ । नेपाल र गुजरातबाहेक यस प्रतियोगितामा बरोडा पनि रहेको छ । नेपालले हालै आफ्नै मैदानमा आयरल्यान्ड वुल्भ्सविरुद्ध दुई टि-२० को सिरिज खेलेको थियो । नेपाल दुवै खेलमा विजयी भएको थियो । भारतबाटै नेपाल ओमानमा अप्रिल १२ देखि २१ सम्म हुने एसीसी प्रिमियर कप खेल्न जाँदै छ ।

Logo