कुशल र आशिफकाे अर्धशतकमा गुजरातलाई चुनौतीपूर्ण लक्ष्य

कुशल र आशिफकाे अर्धशतकमा गुजरातलाई चुनौतीपूर्ण लक्ष्य

केन्द्रबिन्दु
70
Shares

ओपनरद्वय कुशल भुर्तेल र आशिफ शेखको अर्धशतकमा नेपाली राष्ट्रिय क्रिकेट टिमले भारतको स्टेट क्लब गुजरात क्रिकेट एसोसियसनलाई चुनौतीपूर्ण लक्ष्य दिएको छ ।

टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १८१ रन जोडेको हो । नेपालका लागि ओपनर आशिफले ५१ बल खेल्दै ८५ रन जोडे । साथै अर्का ओपनर कुशलले ४४ बलमा ६७ रन जोडे । उनीहरुले पहिलो विकेटका लागि शतकीय साझेदारी गरेका थिए । मध्यक्रम नचल्दा भने नेपाल फिनिसिङमा चुक्यो ।

जयमित पटेलले ३ विकेट लिँदा आर्या देसाईं र सोनीले २/२ विकेट लिए ।

Logo