विराट गोल्डकप फुटबल: साङ्ग्रिला क्लब फाइनलमा

विराट गोल्डकप फुटबल: साङ्ग्रिला क्लब फाइनलमा

केन्द्रबिन्दु
70
Shares

मोरङ: विभागीय टोली एपीएफलाई ४–३ गोल अन्तरले हराउँदै साङ्ग्रिला फुटबल क्लब मोरङ ‘विराट गोल्डकप’ फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

बुधबार राति सहिद रङ्शालामा भएको पहिलो सेमिफाइनल खेलमा निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेट भएको खेलमा हारजितको टुङ्गो नलागेपछि टाइब्रेकरमा साङ्ग्रिला फुटबल क्लबले उक्त परिणाम निकालेको हो ।

टाइब्रेकरमा पनि दुवै टोलीले ३–३ गोलको बराबरी खेलेपछि सडनडेथबाट निर्णय भएको हो ।

Logo