फोडेनको ह्याट्रिकमा सिटीको जित

फोडेनको ह्याट्रिकमा सिटीको जित

केन्द्रबिन्दु
56
Shares

काठमाडौं। इङलिश प्रिमियर लिगअन्तर्गत म्यानचेस्टर सिटीले एस्टन भिल्लालाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा म्यानचेस्टर सिटीले एस्टन भिल्लालाई ४-१ गोल अन्तरले पराजित गरेको हो ।

म्यानचेस्टर सिटीको जितमा फिल फोडेनले ह्याट्रिक गरेका थिए भने रोड्रीले एक गोल गरेका थिए । त्यसैगरी एस्टन भिल्लाका लागि जोन दुरानले एक गोल फर्काएका थिए ।

यो जितपछि म्यानचेस्टर सिटीको ३० खेलमा ६७ अंक भएको छ र लिगमा तेस्रो स्थानमा रहेको छ । एक खेल कम खेलेको लिभरपुल २९ खेलमा ६७ अंकसहित गोल अन्तरको आधारमा दोस्रो स्थानमा रहेको छ ।

त्यसैगरी लिगको शिर्ष स्थानमा भने आर्सनल रहेको छ । आर्सनलको ३० खेलमा ६८ अंक रहेको छ । त्यस्तै यस खेलमा हार बेहोरेको एस्टन भिल्लाको ३१ खेलमा ५९ अंक रहेको छ र लिगमा पाँचौं स्थानमा छ ।
 
 

Logo