विश्वकप क्रिकेट : आयोजक इंग्ल्याण्डसँग अफगानिस्तान १५० रनले पराजित

विश्वकप क्रिकेट : आयोजक इंग्ल्याण्डसँग अफगानिस्तान १५० रनले पराजित

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

आईसीसी एकदिवशीय विश्वकप क्रिकेट अन्तर्गत मंगलबार भएको खेलमा आयोजक टोली इंग्ल्याण्डले अफगानिस्तानलाई १५० रनले हराएको छ ।

इंग्ल्याण्डले दिएको ३९८ रनको विशाल लक्ष्य पछ्याएको अफगानिस्तानले २४८ रन मात्र बनाउन सक्यो ।

यसैगरि मंगलबारको खेलमा इंग्ल्याण्डका कप्तान अइन मोर्गनले एकै पारीमा धेरै छक्का प्रहार गर्ने कीर्तिमान बनाएका छन् ।

अफगानिस्तान विरूद्धको खेलमा १४८ रनको पारी खेल्ने क्रममा उनले ७१ बलमा चार चौका र १७ छक्का प्रहार गरे । यससँगै उनी एक दिवसीय क्रिकेटमा एकै पारीमा धेरै छक्का प्रहार गर्ने पहिलो खेलाडी बनेका छन् ।

Logo