नेपालले गुजरातलाई दियो १७७ रनको लक्ष्य

नेपालले गुजरातलाई दियो १७७ रनको लक्ष्य

केन्द्रबिन्दु
24
Shares

कप्तान रोहितकुमार पौडेलको सानदार ब्याटिङमा नेपालले एमएमएस फ्रेन्डसिप कपको फाइनलमा भारतको स्टेट क्लब गुजरात क्रिकेट एसोसियसनलाई चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गरेको छ ।

आइतबार टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १७६ रन जोडेको हो । नेपालका लागि कप्तान रोहितले अर्धशतकीय पारी खेले । ४६ बल खेलेका उनले ७४ रन जोडे । कमजोर प्रदर्शन गरेको नेपालको लागि यो इनिङ निकै महत्वपूर्ण रह्यो ।

त्यस्तै, १३ बल खेलेका कुशल मल्लले ३१ रन जोडे । यसअघि ओपनर आसिफ शेख ३४ रनमा आउट भए । अर्का ओपनर कुशल भुर्तेल १९ रनमा आउट भएका थिए ।

सिरिजको सुरुवाती खेलमा नेपालले गुजरातलाई ८ विकेट र ८ रन तथा बरोडालाई २७ रनले हराएको थियो । अन्तिम खेलमा भने नेपाल बरोडासँग ३७ रनले पराजित भएको थियो ।

Logo