गुजरातमाथि लखनउको शानदार जित

गुजरातमाथि लखनउको शानदार जित

केन्द्रबिन्दु
140
Shares

काठमाडौं। इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपर जाइन्टले गुजरात टाइटन्सलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा लखनउले गुजरातलाई ३३ रनले पराजित गरेको हो ।

लखनउले दिएको १६४ रनको लक्ष्य पछाएको गुजरात १८.५ ओभरमा अल आउट हुदै १३० रन मात्र बनाएपछि खेल ३३ रनले हारेको थियो । यसअघि लखनउले पहिला ब्याटिंग गर्दै २० ओभरमा ५ विकेट गुमाउदै १६३ रन बनाएको थियो ।

यो जितपछि लखनउको ४ खेलमा ३ जित र एक हारसहित ६ अंक भएको छ र अंकतालिकामा तेस्रो स्थानमा रहेको छ । त्यसैगरी गुजरातको भने ५ खेलमा २ जित र ३ हारसहित ४ अंक रहेको छ र सातौं स्थानमा रहेको छ ।
 

Logo