कतारविरुद्ध दीपेन्द्रको ब्याटिङसँग बलिङ पनि उत्कृष्ट, लिए विकेट

कतारविरुद्ध दीपेन्द्रको ब्याटिङसँग बलिङ पनि उत्कृष्ट, लिए विकेट

केन्द्रबिन्दु
42
Shares

नेपालले एसिसी मेन्स प्रिमियर कप अन्तर्गत कतारविरुद्ध बलिङमा पनि उत्कृष्ट प्रदर्शन गरेको छ ।

ओमानको अल अमेरत क्रिकेट मैदानमा नेपालले जितका लागि दिएको २१२ रनको लक्ष्य पछ्याउने क्रममा कतारले पावर प्लेमा २ विकेट गुमाएको हो । विस्फोटक ब्याटिङ गरेका दीपेन्द्र सिंह ऐरीले मोहम्मख अहनाफलाई २३ रनमा आउट गरेका हुन् । यसअघि ओपनर अर्सदलाई एक रनमै ललित राजवंशीले आउट गरेका थिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा २१० रन बनायो । नेपालका लागि ऐरीले सर्वाधिक ६४ रन बनाए । कूल २१ बल खेलेका उनले सात छक्का र तीन चौका प्रहार गरे ।

नेपालका लागि ऐरीले कीर्तिमानी खेल प्रदर्शन गरेका छन् । उनले एकै ओभरमा छ छक्का प्रहार गर्दै यसअघि भारतका युवराज सिंहका नाममा रहेको कीर्तिमानको बराबरी गरेका छन् । पारीको अन्तिम ओभरमा बलिङ गर्न कतारका कमरान खान आएका थिए । उक्त ओभरको छ बलमा ऐरीले छ छक्का प्रहार गरेका थिए ।

नेपालका लागि ओपनर आशिफ शेखले पनि अर्धशतकीय पारी खेले । उनले ४१ बलमा छ चौकाको सहयोगमा ५२ रन बनाए । कुशल मल्लले १८ बल खेल्ने क्रममा तीन छक्का र दुई चौकाको सहयोगमा ३५ रन बनाए । साथै कप्तान रोहित पौडेलले १८, कुशल भुर्तेलले १२, सन्दीप जोराले सात, गलसन झा र विवेक यादवले पाँच÷पाँच रनको योगदान दिए ।

कतारका लागि हिमांशु राठोर र मुसावर शाहले तीन/तीन विकेट लिए भने अमीर फारुकले एक विकेट लिए ।

Logo