कोलकाताले पहिलाेपटक हरायाे लखनउलाई, चम्किए स्टार्क र साल्ट

कोलकाताले पहिलाेपटक हरायाे लखनउलाई, चम्किए स्टार्क र साल्ट

केन्द्रबिन्दु
196
Shares

जारी इण्डियन प्रिमियर लिग (आइपिएल) २०२४ मा कोलकाता नाइट राइडर्सले सानदार जित दर्ता गरेको छ । आइतबार भएको पहिलो खेलमा कोलकाताले लखनउ सुपर जाइन्ट्समाथि ८ विकेटको फराकिलो जित निकालेको हो ।

यो लखनउ माथि कोलकाताको इतिहासकै पहिलो जित हो । यी दुई टोलीबिच आईपीएलमा हालसम्म तीन खेल खेलिएको थियो, जसमा लखनउले सबै खेलमा कोलकातालाई हराएको छ ।

कोलकाताको इडेन गार्डेनमा लखनउले जितका लागि दिएको १६२ रनको लक्ष्य कोलकाताले १५.४ ओभरमा २ विकेटको क्षतिमा पूरा गरेको हो । कोलकाताका लागि ओपनर फिल साल्टले सानदार अर्धशतकीय इनिङ खेले । ४७ बल खेलेका उनले १४ चौका र ३ छक्काको मदतमा ८९ रन जोडे । उनी अविजित रहे । साथै कप्तान श्रेयस ऐयरले ३८ रन जोडे। उनी पनि अविजित नै रहे ।

यसअघि काेलकाताको इडेन गार्डेनमा टस हारेर ब्याटिङको निम्तो पाएको लखनउले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६१ रन बनाएकाे थियाे । उसका लागि निकालस पूरनले ४५ रनको इनिङ खेले । यस्तै, कप्तान केएल राहुलले ३९, आयुष बडोनीले २९, क्विन्टन डिकक र मार्कस स्टोइनिसले १०/१० रन जोडे ।

कोलकाताका लागि मिचेल स्टार्कले उत्कृष्ट बलिङ गरे । उनले ४ ओभरमा २८ रन दिएर महत्वपूर्ण तीन विकेट हात पारे । यस्तै, वैभव अरोरा, सुनिल नारायण, वरुण चक्रवर्ती र आन्द्रे रसेलले एक/एक विकेट लिए ।

Logo