डर्टमन्ड च्याम्पियन्स लिगको सेमिफाइनलमा

डर्टमन्ड च्याम्पियन्स लिगको सेमिफाइनलमा

केन्द्रबिन्दु
42
Shares

काठमाडौं। जर्मन क्लब बोरुसिया डर्टमन्डले युइएफए च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ। मंगलबार राति भएको खेलमा स्पेनिस क्लब एथ्लेटिको मड्रिडलाई समग्रमा ५-४ गोल अन्तरले पराजित गर्दै डर्टमन्डले सेमिफाइनलमा स्थान बनाएको हो।

पहिलो लेगमा २-१ गोल अन्तरले विजयी भएको मड्रिड दोस्रो लेगमा ४-२ गोल अन्तरले पराजित भएपछि अन्तिम चारमा पुग्न सफल भएन। घरेलु मैदानमा डर्टमन्टले ३४ औं मिनेटमा अग्रता लिएको थियो। उसका लागि जुलियन ब्रान्ड्टले गोल गर्दै अग्रता दिलाए।

उनले गोल गरेपछि पहिलो लेगको नतिजाका आधारमा समग्रमा २-२ को बराबरी गरे। ३० औं मिनेटमा इयान म्याटसेनले गोल गरेपछि डर्टमन्ड २-० ले अघि बढेको थियो। ४९ औं मिनेटमा म्याट हुमेल्सले आफ्नै पोस्टमा गोल गरेपछि एथ्लेटिको मड्रिडले खेलमा फर्किने प्रयास गरेको थियो।

६४ औं मिनेटमा एन्जल कोरेराले गोल गरेपछि मड्रिडले समग्रमा ४-३ को अग्रता बनाउँदै अघि बढेको थियो। तर, डर्टमन्डका निकलस फलक्रुजले गोल गरेपछि ७१ औं मिनेटमा खेल रोमाञ्चक मोडमा पुगेको थियो।

७४ औं मिनेटमा मार्सेल साबिट्जेरले गोल गर्दै डर्टमन्डले ४-२ को जितसँगै समग्रमा ५-४ को नतिजासँगै सेमिफाइनलमा स्थान पक्का गरेको हो। अब सेमिफाइनलमा डर्टमन्डले पीएसजीसँग खेल्नेछ।

Logo