नेपाललाई ७४ रनको लक्ष्य

नेपाललाई ७४ रनको लक्ष्य

केन्द्रबिन्दु
210
Shares

काठमाडौं । ओमानमा जारी एसीसी प्रिमियर कपमा साउदी अरबबिरूद्ध नेपालले ७४ रनको लक्ष्य पाएको छ।

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको साउदीले निर्धारित ८ ओभरमा ७ विकेट गुमाउँदै ७३ रन मात्र जोड्न सक्यो।

नेपालका लागि करन केसी केसी र अविनाश बोहराले समान २/२ विकेट लिए। त्यस्तै, दीपेन्द्रसिंह ऐरी, प्रतिश जीसी र ललित राजवंशीले पनि समान १/१ विकेट लिए।

साउदीका लागि अब्दुल वाहिदले सर्वाधिक १६ बलमा ३७ रन जोडे

वर्षाका कारण ८ ओभरमा छोट्याइएको खेलमा निर्धारित समयभन्दा ढीलो सुरू भएको हो।

नेपाल एक खेल अगावै समूह ‘ए’ बाट ३ खेलमा ६ अंकका साथ विजेता बन्दै सेमिफाइनलमा पुगिसकेको छ।

Logo