साउदी अरेबियाविरुद्ध कुशल भुर्तेल शून्यमै आउट

साउदी अरेबियाविरुद्ध कुशल भुर्तेल शून्यमै आउट

केन्द्रबिन्दु
42
Shares

एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत साउदी अरेबियाले दिएको ७४ रनको लक्ष्य पछ्याउने क्रममा नेपाललाई पहिलो झट्का लागेको छ । ओपनर कुशल भुर्तेल पहिलो ओभरको दोस्रो बलमा शून्यमै आउट भएका हुन् । उनलाई इस्तियाक अहमदले क्याचआउट गराएका हुन् ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको साउदी अरेबियाले निर्धारित आठ ओभरमा सात विकेटको क्षतिमा ७३ रन बनाएको थियो । उसका लागि अब्दुल वाहिदले सर्वाधिक ३७ रन बनाए । उनले १६ बल खेल्ने क्रममा तीन छक्का र तीन चौका प्रहार गरे । त्यसबाहेक अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

नेपालका लागि करन केसी र अभिनाश बोहोराले दुई/दुई विकेट लिए भने प्रतीस जिसी र ललित राजवंशीले एक/एक विकेट लिए ।

Logo