साउदी अरेबियाविरुद्ध नेपालका दुवै ओपनर सस्तैमा आउट

साउदी अरेबियाविरुद्ध नेपालका दुवै ओपनर सस्तैमा आउट

केन्द्रबिन्दु
56
Shares

एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत साउदी अरेबियाले दिएको ७४ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले दुवै ओपनर सस्तैमा गुमाएको छ । ओपनर कुशल भुर्तेल पहिलो ओभरको दोस्रो बलमा शून्यमै गुमाएको नेपालले दोस्रो ओभरको दोस्रो बलमा अर्का आपनर आशिफ शेख पनि गुमाएको हो । उनी २ रनमा आउट भए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको साउदी अरेबियाले निर्धारित आठ ओभरमा सात विकेटको क्षतिमा ७३ रन बनाएको थियो । उसका लागि अब्दुल वाहिदले सर्वाधिक ३७ रन बनाए । उनले १६ बल खेल्ने क्रममा तीन छक्का र तीन चौका प्रहार गरे । त्यसबाहेक अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

नेपालका लागि करन केसी र अभिनाश बोहोराले दुई/दुई विकेट लिए भने प्रतीस जिसी र ललित राजवंशीले एक/एक विकेट लिए ।

समूह ‘ए’मा रहेको नेपालले यसअघि खेलेको तीन वटै खेलमा जित हात पारेको छ । नेपालले पहिलो खेलमा मलेसियालाई पाँच विकेट, दोस्रो खेलमा कतारलाई ३२ रन र तेस्रो खेलमा हङकङलाई आठ विकेटले पराजित गरेको थियो ।

आजको खेलमा साउदी अरेबिया हराउँदै नेपाल आफ्नो अपराजित यात्रालाई कायमै राख्ने दाउमा छ । साउदी अरेबियाले समान तीन खेलमा एकमा जित तथा दुई खेलमा हार बेहोरेको छ । यसअघि मलेसियासँग १२ रनले पराजित साउदीले हङकङलाई ५५ रनले हराएको थियो भने कतारसँग १५ रनले पराजित भएको थियो ।

Logo