नेपाललाई तेश्रो झट्का, कप्तान पौडेल आउट

नेपाललाई तेश्रो झट्का, कप्तान पौडेल आउट

केन्द्रबिन्दु
84
Shares

काठमाडौं । ओमानमा जारी एसीसी प्रिमियर कपको सेमिफाइनलमा युएईविरुद्ध खेलिरहेको नेपाललाई तेश्रो झट्का लागेको छ।

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले तेश्रो विकेटकोरूपमा कप्तान रोहित पौडेललाई गुमाएको हो।

उनी नेपालका लागि १८ बलमा ५ रन जोड्दै क्याच आउट हुन पुगे।

नेपालले यस अगाडि ओपनर कुशल भुर्तेललाई पहिलो ओभरको पहिलो बलमै गुमाउँदा अर्का ओपनर आशिफ शेख ११ बलमा ८ रन जोड्दै एलबीडब्लूको शिकार हुन पुगे।

ताजा अवस्थामा नेपाल ३ विकेट गुमाउँदै ७.० ओभरमा ३८ रनमा खेलिरहेको छ।

Logo