नेपालको खराब सुरूवात, ३ रन जोड्दै आउट भए मल्ल

नेपालको खराब सुरूवात, ३ रन जोड्दै आउट भए मल्ल

केन्द्रबिन्दु
56
Shares

काठमाडौं । ओमानमा जारी एसीसी प्रिमियर कपको सेमिफाइनलमा युएईविरुद्ध खेलिरहेको नेपालले चौथो विकेट गुमाएको छ।

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले चौथो विकेटकोरूपमा कुशल मल्ललाई गुमाएको हो।

नेपालले यस अगाडि ओपनर कुशल भुर्तेललाई पहिलो ओभरको पहिलो बलमै गुमाउँदा अर्का ओपनर आशिफ शेख ११ बलमा ८ रन जोड्दै एलबीडब्लूको शिकार हुन पुगे।

यस्तै, तेश्रो विकेटका लागि कप्तान रोहित पौडेले ५ रन जोड्दै क्याच आउट भए।

ताजा अवस्थामा नेपाल ४ विकेट गुमाउँदै ९.१ ओभरमा ५० रनमा खेलिरहेको छ।

Logo