५ रन जोड्दै पभेलियन फर्के दीपेन्द्र

५ रन जोड्दै पभेलियन फर्के दीपेन्द्र

केन्द्रबिन्दु
70
Shares

काठमाडौं । ओमानमा जारी एसीसी प्रिमियर कपको सेमिफाइनलमा युएईविरुद्ध खेलिरहेको नेपालले पाँचौ विकेट गुमाएको छ।

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले पाँचौ विकेटकोरूपमा दीपेन्द्रसिंह ऐरीलाई गुमाएको हो। उनी ८ बलमा ५ रन जोड्दै पभेलियन फर्के।

नेपालले यस अगाडि ओपनर कुशल भुर्तेललाई पहिलो ओभरको पहिलो बलमै गुमाउँदा अर्का ओपनर आशिफ शेख ११ बलमा ८ रन जोड्दै एलबीडब्लूको शिकार हुन पुगे।

यस्तै, तेश्रो विकेटका लागि कप्तान रोहित पौडेले ५ रन जोड्दै क्याच आउट भए। चौथो विकेटका लागि कुशल मल्लले ५ बलमा ३ रनको योगदान गरे।

ताजा अवस्थामा नेपाल ५ विकेट गुमाउँदै १३.२ ओभरमा ७५ रनमा खेलिरहेको छ।

Logo