सन्दीपको अर्धशतकमा युएईलाई १ सय २० रनको लक्ष्य

सन्दीपको अर्धशतकमा युएईलाई १ सय २० रनको लक्ष्य

केन्द्रबिन्दु
70
Shares

काठमाडौं । ओमानमा जारी एसीसी प्रिमियर कपको सेमिफाइनल खेलमा नेपालले युएईलाई १ सय २० रनको मध्यम लक्ष्य दिएको छ।

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले कमजोर सुरूवात गरेको थियो। नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय १९ रन मात्रै जोड्न सक्यो।

नेपालका लागि सन्दीप जोराबाहेक अन्य ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन्। सन्दीले ४० बलमा ४ चौका र २ छक्काको मद्दतमा ५० रन जोड्दै क्याच आउट हुन पुगे।

यस्तै, गुल्शन झाँले २० रन जोड्दा करन केसीले १७ रन जोडे।

नेपालका अन्य ब्याट्सम्यानहरूले दोहोरो अंक समेत जोड्न सकेनन्।

Logo