गुल्शनले नै लिए युएईको तेश्रो विकेट

गुल्शनले नै लिए युएईको तेश्रो विकेट

केन्द्रबिन्दु
98
Shares

काठमाडौं । ओमानमा जारी एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालसँग खेलिरहेको युएईले तेश्रो विकेट गुमाएको छ।

१ सय २० रनको लक्ष्य पछ्याइरहेको युएईका आशिफ खानको विकेट नेपालका लागि गुल्शन झाँले लिएका हुन्। उनी १० रनमा खेलिरहेका थिए। झाँको यो दोश्रो विकेट हो।

युएई ताजा अवस्थामा ३ विकेट गुमाउँदै ९.४ ओभरमा ७७ रनमा रहेको छ।

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले कमजोर सुरूवात गरेको थियो। नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय १९ रन मात्रै जोडेको थियो।

Logo