काठमाडौं । ओमानमा जारी एसीसी प्रिमियर कपको सेमिफाइनलबाट नेपाल बाहिरिएको छ।
युएईसँग ६ विकेटले पराजित भएसँगै नेपाल सेमिफाइनल चरणबाट बाहिरिएको हो।
योसँगै नेपालले आगामी वर्ष आयोजना हुने एसिया कप खेल्ने सम्भावनापनि समाप्त भएको छ।
आज टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले कमजोर प्रदर्शन गर्यो। नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय १९ रन मात्रै जोड्न सक्यो।
नेपालका लागि सन्दीप जोराबाहेक अन्य ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन्। सन्दीले ४० बलमा ४ चौका र २ छक्काको मद्दतमा ५० रन जोड्दै क्याच आउट हुन पुगे।
यस्तै, गुल्शन झाँले २० रन जोड्दा करन केसीले १७ रन जोडे। नेपालका अन्य ब्याट्सम्यानहरूले दोहोरो अंक समेत जोड्न सकेनन्।
जवाफी ब्याटिङमा उत्रेको युएईले १६ बल अगाडि नै ४ विकेट गुमाउँदै १२३ रन जोड्यो।





























प्रतिक्रिया